पूर्वराजा ज्ञानेन्द्र पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न सिंहदरबार जाने

लोकपथ
525
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह मंगलबार पृथ्वीजयन्तीको अवसरमा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न सिंहदरबार जाने भएका छन् ।

उनी सिंहदरबरको मूल गेटअगाडि रहेको शाहको सालिकमा माल्यार्पण गर्न जाने कार्यक्रम रहेको पूर्वराजाका संवाद सचिव फणि पाठकले जानकारी दिए ।

उनी मध्यान्ह साढे १२ बजे त्यहाँ पुग्ने कार्यक्रम छ ।

मंगलबार पृथ्वीनारायण शाहको ३०० जन्मजयन्ती मनाइँदै छ । यो दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा भने दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?