आयोगको टोलीलाई दुर्व्यवहार गर्ने गाउँपालिका अध्यक्षले माफी मागे

लोकपथ
63
Shares

खोटाङ । खोटाङमा राष्ट्रिय मानवअधिकार आयोगको टोलीलाई दुर्व्यवहार गरेका बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले माफी मागेका छन् ।

मानवअधिकार उल्लंघनको अवस्थाको अनुसन्धान एवं अल्पसंख्याकको मानवअधिकारको अवस्थाको विषयमा अनुगमनमा हिँडेको आयोगको टोलीलाई दुर्व्यवहार गरेका गाउँपालिका अध्यक्ष बञ्जराले माफी मागेका हुन् ।

शनिबार बिहान गाउँपालिका अध्यक्ष बञ्जराको घरमा पुगेका बेला मादक पदार्थ सेवन गरेको अवस्थामा रहेका बञ्जराले राष्ट्रिय मानवअधिकार प्रदेश-१ शाखा कार्यालय खोटाङका प्रमुख श्यामबाबु काफ्लेसहितको टोलीलाई दुर्व्यवहार गरेका थिए ।

गाउँपालिका अध्यक्ष बञ्जराले आइतबार खोटेहाङ गाउँपालिका पुगेको मानवअधिकार आयोगको टोलीलाई भेटेर लिखित माफी मागेका हुन् ।

गाउँपालिका अध्यक्षले अञ्जानवश दुर्व्यवहार भएकोप्रति आत्मालोचित हुँदै अबउप्रान्त उक्त प्रकारको दुर्व्यवहार नगर्ने सर्तमा एकपटकका लागि क्षमा मागेकाले माफी दिइएको राष्ट्रिय मानवअधिकार प्रदेश १ शाखा कार्यालयका प्रमुख काफ्लेले बताए ।

काफ्लेलाई अश्लील शब्द प्रयोग गरी कठालोमा समाएर दुर्व्यवहार गरेको भन्दै गाउँपालिका अध्यक्षविरुद्ध घटनालगत्तै प्रहरीचौकी हुक्नाजोर, फाक्टाङमा कारबाहीका लागि उजुरी परेको थियो ।

नशामा रहेका गाउँपालिका अध्यक्षले टोलीलाई गालीगलौज र दुर्व्यवहार गर्दै अश्लील शब्दको प्रयोग गरेको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?