३२ वर्षीया महिलालाई बलात्कार गर्ने भारतीय नागरिक काठमाडौंमा पक्राउ

लोकपथ
2.3k
Shares

काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंबाट एक जना पक्राउ परेका छन् ।

३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंको लगनबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भारत सितामणी घर भएका ४५ वर्षीय मोहमद सहिमलाई प्रहरीले पक्राउ गरेको हो ।

ती महिलालाई सहिमले जबरजस्ती करणी गरेको उजुरीका आधारमा महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?