काठमाडौँका सुन पसलमा गृह मन्त्रालयले यसरी हान्यो छापा, १४ तस्बिरमा हेर्नुहोस्

काठमाडौँ– सनम शाक्य हत्याकाण्ड र साढे ३३ किलो सुन तस्करी सम्बन्धमा गृह मन्त्रालयअन्तर्गत गठन भएको छानविन समितिले आज काठमाडौँका तीन सुन पसलमा छापा मारेको छ ।

न्यूरोडस्थित राजेन्द्रकुमार शाक्यको आरके ज्वेलर्सका दुई पसल र दरबारमार्गस्थित आर के डायमन्डमा छापा मारिएको हो । सो क्रममा तीनवटै पसलमा रहेको हिरा, सुन, चाँदीलगायत सबै गरगहना छानबिन समितिले नियन्त्रणमा लिएको छ । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा सो छानबिन समिति गठन भएको थियो ।

उक्त पसलका मालिक शाक्य पक्राउ परी थुनामा रहेका छन् । सोही क्रममा अनुसन्धानमा थप प्रमाण जुटाउन भन्दै समितिले आज छापामारी गरगहना नियन्त्रणमा लिएको हो ।  करीब १५ किलोजति सुनको गहना नियन्त्रणमा लिएको जनाईएको छ ।

तस्बिर : रासस

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?