फिल्ममा राजेश हमालको कमब्याक, साइन गरे नयाँ फिल्म

काठमाडौं । यसअघि चलचित्र ‘शकुन्तला’ मा भिन्न भूमिकामा देखिएका राजेश हमालले उनै निर्देशकको फिल्मबाट फिल्ममा फर्किने भएका छन् । अभिनेता राजेश हमाल यसअघि ‘शकुन्तला’ मा देखिएका थिए ।

पछिल्लो केही वर्षदेखि सुस्त हमाल कुनै जमानामा नेपाली सिनेमामा एकछत्र राज गरेका अभिनेता हुन् । केही महिनाअघि उनले अब राम्रो फिल्ममा अभिनय गर्ने बताएका थिए ।
हमालले लामो समयदेखि आफै फिल्म निर्माण गर्ने भन्ने हल्ला पनि चलिरहेको थियो ।

फिल्म ‘शकुन्तला’का निर्देशक दिनेश श्रेष्ठ र निर्माता शिवराज कार्कीले अभिनेता राजेश हमालको जन्मदिनको अवसर पारेर नयाँ फिल्मको घोषणा गरेका हुन् । खबर अनुसार फिल्म महंगो बजेटमा निर्माण हुनेछ र चलचित्रमा ४ नायिका रहनेछन् ।

तर, फिल्मको आधिकारिक नाम अझै तय भइसकेको छैन ।

सयौं फिल्ममा अभिनय गरेका हमाललाई यो फिल्ममा रोमान्टिक भूमिकामा प्रस्तुत गराइनेछ । चलचित्रको कथा सात महिनादेखि तयार भइरहेको जनाइएको छ ।

चलचित्रमा युवराज कार्की, शिवराज कार्की र अनिल पाण्डेले संयुक्त रुपमा लगानी गर्नेछन् । राजेश हमाल फाइनल भएपनि अन्य कलाकारको भने फाइनल भइसकेको छैन । चलचित्रको छायांकन तिहारपछि गरिने योजना बनिरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?