जनसेवा सहकारीको कारोबार ६ करोड ९७ लाख

लोकपथ
117
Shares

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपास्थित जनसेवा बचत तथा ऋण सहकारीको वार्षिक कारोबार ६ करोड नाघेको छ ।

२५औं साधारणसभा एवं १३औँ अधिवेशनमा सहकारीले आर्थिक वर्ष २०७७र०७८ मा ४ करोड ७७ लाख ६१ हजार ८३१ निक्षेप संकलन गरेको जानकारी दिएको हो ।

बचत गर्ने र आयमुलक काममा लगानी गर्दै जिविकोपार्जनमा टेवा पुर्‍याउने उद्देश्यले जनसेवा समाज नेपाल जालपाको पहलमा साक्षरता कक्षामा सहभागी महिलामार्फत २०५३ मा स्थापना गरिएको सहकारीले अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७र०७८ मा १ करोड बढी निक्षेप संकलन गरेको हो ।

आर्थिक वर्ष २०७६र०७७ मा ४४ लाख १० हजार ५५० सेयर वृद्धि भएकामा आर्थिक वर्ष २०७७र०७८ मा ६३ लाख ४३ हजार ६५० सेयर वृद्धि उपलव्धी भएको जनसेवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ध्रुव श्रेष्ठले जानकारी दिए ।

आर्थिक वर्ष २०७६र०७७ मा सेयर लाभांश ७ लाख २३ हजार ३१ रुपैयाँ वितरण गरेको सहकारीले आर्थिक वर्ष २०७७र०७८ मा १० लाख १४ हजार ६०० शेयर लाभांश वितरण गरेको जानकारी दिएको छ । साधारणसभा एवं अधिवेशनले लेखा परिक्षण, आर्थिक प्रतिबेदन, आर्थिक नियमावली, कर्मचारी नियमावली र ऋण नीति पास गरेको छ ।

सहकारीले चालु आर्थिक वर्षको अन्त्यासम्ममा शेयर पुँजी १ करोड पुर्‍याउने, ऋण लिएका प्रत्येक ऋणि सेयर सदस्यको एक वर्षे दुर्घटना बिमा गर्ने, धान, कोदो, मकै, गहुँ, जौ, फापर, फलफूल र पशुपालनमा लगानी गर्ने ऋणीहरुलाई सोको बिमा गर्न प्रोत्साहन र सहजीकरण गर्ने नीति तथा कार्यक्रम पारित गरेको छ ।

कार्यालयमा सञ्चित एवं स्थानान्तरणको जोखिम अनुसार नगद बिमा गर्ने, कुल बचत ४ करोड ७७ लाख ६१ हजार ७३२ बाट वृद्धि गर्दै ६ करोड २८ लाख ८३ हजार १४१ पुर्‍याउने, हाल कायम प्रतिशेयर सदस्यको शेयर पुँजी १५ हजारबाट २० हजार पुर्‍याउने योजना बनाइएको सहकारीले जनाएको छ ।

सहकारीमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ र १२ तथा रावाबेँसी गाउँपालिका-६ हौंचुरका ७६ बचत तथा २५ बाल बचत समूहका १ हजार ४६८ सेयर सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?