काठमाडौं । प्यूठानमा हराएका एक व्यक्तिको मानव कंकाल भेटिएको छ । जिल्लाको गौमुखी गाउँपालिकास्थित तिखाचुली सामुदायिक वनमा आज मानव कंकाल फेला परेको प्रहरीले जनाएको छ ।
गौमुखी गाउँपालिका–५ रजवाराका ४२ वर्षीय हिमाल गुरुङको भएको प्रहरीले जनाएको छ । गुरुङ गत भदौ १२ गतेदेखि हराएका थिए । पाइन्ट, टिसर्ट र चप्पलबाट उनको पहिचान गरिएको प्रहरीको भनाइ छ ।
घरदेखि अन्दाजी करिब ५ घण्टा पैदल दुरीमा पर्ने वनमा खर काट्न गएको बेला हिमालका २३ वर्षीय छोरा प्रकाशले कंकाल देखेको प्रहरीलाई जानकारी दिएका थिए । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले प्यूठानले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया