९ माघ २०७८, आईतवार

रसुवागढी नाका हुँदै नेपाल प्रवेश गरेका चार युवा प्रहरी पक्राउ

२०७५,जेष्ठ,२८,सोमवार १५:२८

0
Shares

रसुवा – अवैध रुपमा ल्याइएको यार्सा गुम्बासहित रसुवागढी नाका हुँदै नेपाल प्रवेश गरेका चार युवालाई नेपाल प्रहरीले आज पक्राउ गरेको छ ।

प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार नेपाल चीनबीचको रसुवागढी नाका मितेरीपुलबाट कन्टेनरको डिब्बामा लुकाइल्याएको ८१० ग्राम यार्सागुम्बासहित रसुवा गोसाइँकुण्ड गाउँपालिका–१ का इमान घले, सूर्यबहादुर घले र जिल घले तथा नौकुण्ड गाउँपालिका–२ का मंगल तामाङलाई पक्राउ गरिएको हो ।

अभियुक्त चारै जनालाई कारवाहीका लागि आजै लाङटाङ राष्ट्रिय निकुञ्जमा बुझाइएको छ । बरामद गरिएको यार्सागुम्बाको मूल्य खुलाइएको छैन ।

प्रकाशित मिति: २०७५,जेष्ठ,२८,सोमवार १५:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

खोटाङ । रेबिजको आंशकामा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा खरबारीका गाईबस्तुलाई खोप दिइएको छ । र्‍याल चुहाउने, कराउने र

दिलकुमार लिम्बू / ताप्लेजुङ । हिमाली जिल्ला विभिन्न क्षेत्रमा बिहीबारदेखि हिमपात भएको छ । यता ताप्लेजुङमा तेस्रो पटक ठूलो हिमपात

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमण रोकथामका लागि सवारीसाधनमा जोर बिजोर लागू गरिएको छ । काठमाडौं उपत्यकाको स्थानीय प्रशासनको आदेशअनुसार

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २८ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३२ नमुनामध्ये थप

ताजा समाचार

भारतबाट हुने आवतजावतमा रोक लगाइयो
 २०७८,माघ,९,आईतवार २०:२४