४ माघ २०७८, मंगलवार

नगरप्रमुख श्रेष्ठलाई आक्रमण गर्ने विप्लवका कारागार चलान

२०७५,जेष्ठ,२८,सोमवार १५:११

0
Shares

भक्तपुर –मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई आक्रमण गर्ने दुई अभियुक्तलाई आज भक्तपुर जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

गत वैशाख ८ गते मध्यपुरथिमि गठ्ठाघरस्थित आफ्नै निवासमा आक्रमणमा गरेका श्रेष्ठलाई आक्रमण गरी घाइते बनाउने कुशल बोगटी र सविन लामालाई जिल्ला अदालतका न्यायाधीश भोजराज शर्माकोे इजलासले थुनामा राख्न आदेश दिएपछि दुवैलाई डिल्लीबजार कारागार चलान गरिएको अदालतका इजलाश अधिकृत कमल महतले जानकारी दिए ।

कालीकोट रुप्सा–५ घर भई भक्तपुरको सल्लाघारी बस्ने ३५ वर्षीय बोगटी नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका भक्तपुर जिल्ला सेक्रेटरी र रामेछाप दोरम्बा गाउँपालिका २ मानेडाँडा घर भई सानोठिमी बस्ने लामा सोही पार्टीका जिल्ला सदस्य हुन् ।

आक्रमणपछि फरार रहेका मुख्य योजनाकार एवं आक्रमणकारी बोगटीलाई प्रहरीले यही जेठ १ गते पक्राउ गरेको र आक्रमणमा संलग्न अन्य व्यक्तिको खोजी गरिरहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख प्रज्वलमान महर्जनले जानकारी दिए । प्रहरीले अभियुक्त दुवैलाई ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाएको छ । रासस

प्रकाशित मिति: २०७५,जेष्ठ,२८,सोमवार १५:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनगढी । भुकली सडक छेउमा टाँगेको सानो त्रिपालभित्र जसोतसो बसिरहेकी छिन् । केही दिनदेखि शीतलहर र हुस्सुसँगै चिसो अत्यधिक रुपमा

काठमाडौं । अहिलेको युग प्रविधिको हो । सामाजिक सञ्जाल बिना मानिसहरुले आफ्नो दैनिकी कल्पनासम्म गर्न सक्दैनन् । फेसबुक म्यासेन्जर एउटा

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

ताजा समाचार