सात मिनेटमा तीन गोल, रोमाविरुद्ध युभेन्टसको रोमाञ्चक जित

लोकपथ
133
Shares

काठमाडौं । सात मिनेटमा तीन गोल गर्दै इटालीयन सिरी ए मा युभेन्टसले रोमाविरुद्ध रोमाञ्चक जित निकालेको छ ।

आइतबार राति भएको खेलमा भ्रमणकारी टोली युभेन्टसले दोस्रो हाफमा ७ मिनेटमा ३ गोल गरेपछि तीन अंकसहित ११औँ जित निकालेको हो ।

१० खेलाडीमा सीमित युभेन्टसको जितमा कप्तान पाउलो ड्यबला, मानुयल लाकाटेली, डेजान कुलुसेभ्स्की, माटिया डीले १(१ गोल गरे । रोमाका लागि टमी इब्राहम, हेन्रिख एमखितार्यान र लोरेन्जो पेलेग्रीनीले १-१ गोल गरे ।

खेलको ८३औँ मिनेटमा लोरेन्जोले पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा जोसे माउरिन्होको रोमा हार ब्यहोर्न बाध्य भयो । खेलको ८१औँ मिनेटमा माथिस डि लाईटले रातो कार्ड पाएपछि युभेन्टस १० खेलाडीमा सीमित भयो ।

जितपछि युभेन्टसले २१ खेलबाट ३८ अंकसहित पाँचौ स्थानमा छ । समान खेलबाट ३२ अंक बनाएको रोमा सातौँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?