काठमाडौं जिल्ला प्रशासन कार्यालयलले जारी गर्यो, फुटबल पारखीलाई १० बुंदे सचेत पत्र

काठमाडौं । यही विहीवारबाट रुसमा शुरु हुने विश्वकप फुटवलको महाकुम्भ मेलालाई लक्षित गरी राजधानी काठमाडौंमा आयोजना हुने कार्यक्रममाथि प्रशासन कार्यालयले उच्च निगरानी राख्ने बताएको छ । 
काठमाडौं जिल्ला प्रशासन कार्यालयले फुटवलको महाकुम्भ मेला शुभारम्भ हुनु भन्दा तीन दिनअगाडि एक विज्ञाप्ति जारी गरी सर्वसाधरणको जानकारी लागि यस्तो सूचना जारी गरेको हो । 

प्रशासनले सार्वजनिकस्थानमा फुटवल खेल प्रदर्शन गर्दा कुनै किसिमको शुल्क उठाउन नपाउने र उठाएमा कडा कारवाहीको चेतावनी दिएको छ । सर्वसाधारणको जानकारी लागि १० बुँदे सूचना जारी गर्दै प्रशासन कार्यालयले प्रशासनको अनुमति लिएरमात्र फुटबल देखाउन पाइने व्यवस्था गरेको छ ।

त्यस्तै, फुटबल खेल प्रदर्शन गर्ने स्थानहरुमा सिसीटिभी अनिवार्य रुपमा राख्नु पर्ने, फुटवल खेललाई लिएर जीत– हारका नाममा बाजी राख्न समेत नपाउने बताएको छ । 

फुटवल खेलको हार जीतलाई लिएर कुनै प्रकारको जुवा, तास, सट्टेबाजी, लगानी तथा कारोबार समेत गर्न पाइने छैन । नगद अशुल्ने गरी खेल खेलाउन पनि पाइने छैन । विश्वकप फुटबलको २१ औं संस्करण बिहीबारदेखि शुभारम्भ हुदैछ । 

सोही मौका छोपि विभिन्न क्लव, रेष्टुरेण्ट, होटल तथा युवाहरुको समूहले टिभी, ‘प्रोजेक्टर’ तथा ठूलो ब्यानर राखेर आकर्षक फुटवल खेलहरुको प्रत्यक्ष प्रशारण गर्ने तयारी गरेका छन् । 

जिल्ला प्रशासन कार्यालयले कुनै पनि संस्था, ब्यक्ति वा समूहले फुटबल प्रदर्शन गर्दा अनिवार्य रुपमा स्थानीय सुरक्षा निकायसँग समन्वय गर्नुपर्ने व्यवस्था गरेको छ । विश्वकप फुटवल खेल हेर्ने क्रममा छरछिमेकीलाई असर पर्ने गरी होहल्ला तथा हुटिङ गर्न समेत नपाइने जनाइएको छ । 

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेद्धारा जारी विज्ञप्तिमा अराजक तथा उच्छृङ्कल गतिविधि सन्चाल नगर्न र नगराउनका साथै सवारी साधनको पार्किङ, ट्राफिक जाम हुने गरी सवारी साधनको प्रयोग नगर्न निर्देशन दिएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?