श्रीदेवीकी छोरी र शाहिद कपूरका भाइको ‘धडक’ ट्रेलर रिलिज (भिडियो)

मुम्बई – बलिउडकी चर्चित अभिनेत्री दिवंगत श्रीदेवीकी छोरी जान्ह्वी कपूरको डेब्यु फिल्म ‘धडक’ को ट्रेलर रिलिज भएको छ । उनले फिल्ममा शाहिद कपूरका भाइ इशान खट्टरसँग रोमान्स गर्दैछन् ।

ट्रेलरमा जान्ह्वी कपूर र ईशानको प्रेम देखाइएको छ । ट्रेलर हेर्दा नै यो लभ स्टोरी फिल्म भन्ने थाहा हुन्छ । प्रेम, मित्रता र उतार चढावलाई ट्रेलरमा अटाइएको छ ।

ट्रेलरमा जान्ह्वी बोल्ड देखिएकी छिन् । यो फिल्मका लागि भनेर जान्ह्वीले लामो समयदेखि मेहनत गर्दै आएकी थिइन् । उनले फिल्मकै लागि भनेर फिटनेसमा रहने र डान्स सिक्ने पनि गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?