उत्तर कोरियाका किम जोङसँग छन् संसारकै शक्तिशाली सुरक्षाकर्मी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमसँग वार्ता गर्न सिंगापुर पुगेका उत्तर कोरियाका नेता किम जोङ उन आफ्ना सेनामध्येका सबैभन्दा खतरनाक र कुशल सुरक्षाकर्मीको जत्थासँग पुगेका छन् ।

ती सबै किमका निजी बडीगार्ड हुन् । यी सुरक्षाकर्मी दोस्रोपटक यसरी सार्वजनिक भएका छन् ।

किमको सेनाका हिस्सा बनेका एक अधिकारीले बताएअनुसार उत्तर कोरियाका तानाशाहसँग अलग–अलग किसिमका सुरक्षा फौज छन् । जो दुनियाँका सबैभन्दा शक्तिशाली व्यवस्थामध्ये एकमा गनिन्छन् ।

यी बडीगार्डले किमको कारसँगै दौडेर सुरक्षा गर्छन् । उनीहरुले कालो सुट र टाइ लगाउँछन् । एक भिडियोमा कालो मर्सिडिज गाडीसँग दौडँदै गरेको देखाइएको थियो ।

किमले आफ्ना निजी बडीगार्ड उनीहरुको सुन्दरता, फिटनेस, नजर र सैन्य कौशलका आधारमा चुन्ने गर्छन् । उनले प्रायः सेनामध्येबाट चुन्ने गर्छन् । कडा प्रशिक्षणपछि मात्र उनीहरुलाई) त्यो जिम्मा दिने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?