नेकपा एमाले सिन्धुलीकाे अध्यक्षमा कुमार बहादुर कार्की निर्वाचित भएका छन् । उनि ४८८ मतसहित निर्वाचित भएका हुन् । कार्कीले निकटतम प्रतिद्वन्द्वी प्रदिप कुमार कट्वाललाई पराजित गरेका हुन् । निर्वाचनमा कटुवालले ४०८मत प्राप्त गरेका थिए । निर्वाचनमा पराजित भएका कटुवाल बागमती प्रदेशसभा सदस्य हुन् भने उनी कार्कीका ज्वाँइ समेत हुन ।
सर्वसम्मत नेतृत्व चयन गर्न सम्भव नरहेपछी एमाले सिन्धुली नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रियामा गएको थियो । नेतृत्व चयनका लागि आइतबार मतदान गरेक्क थियो । निर्वाचनमा कुल ९०३ मत खसेको थियो ।
त्यस्तै उपाध्यक्षमा कर्ण बहादुर घिसिङ ४४९ मतका साथ विजयी भएका छन् । उनले जगदिश्वर ताेलाङे र बिनाेद कुमार खड्कालाई पराजित गरेका हुन । तोलाङेले २१ मत पाउँदा खड्काले ४०४ मत पाएका थिए ।
त्यस्तै उपसचिवमा रश्मिला देवकाेटा र मन्जु देवकाेटा निर्वाचित भएका छन् । रश्मिलाले ४६५ मत र मन्जुले ४४५ मतका साथ विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्दी खड्ग रजनले ३११ मत पाए भने नबराज थिङले ४४० मत पाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया