नितेशजंगले गाएको‌ फिल्म ‘चक्कर’ को गीत सार्वजनिक (भिडियो)

काठमाडौं, २८ जेठ – चलचित्र ‘चक्कर’ को लिरिकल गीत सार्वजनिक गरिएको छ । फरक खालको फिल्मको ‘साँइली’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरेको हो ।

गीतलाई युट्युबमा चर्चित गायक नितेशजंग कुवँर र शितल मोक्तानले स्वर दिएका छन् भने विपाश्वा बज्राचार्य र नितेशजंग कुवँरले गीतका शब्द लेखेका हुन् ।

यो गीतमा संगीत संयोजन विपाश्वा बज्राचार्यले गरेका छन् ।

सिनेमाटोग्राफर रविन आचार्यले निर्माण गरेको यो फिल्मलाई अनुष्क रौनियारले निर्देशन गरेका हुन् । क्राइम ड्रामाको यो फिल्ममा अर्पण थापा, सिर्जना सुब्बा, ऋचा शर्मा, भोलाराज सापकोटा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

चलचित्रको कथा र पटकथा निर्देशक अनुष्क रौनियारकै हो । फिल्म आउँदो साउन ४ गतेदेखि रिलिज हुँदैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?