२ माघ २०७८, आईतवार

‘काउन्सिल प्रेसिडेन्ट अवार्ड’ नेपाललाई

२०७५,जेष्ठ,२८,सोमवार १३:००

18
Shares

काठमाडौँ – अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को कार्यक्रममा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी

क्यानडा प्रस्थान गर्नुभएको छ ।

आइकाओको प्रधान कार्यालय मन्ट्रियलमा यही जेठ २९ गते हुने ‘काउन्सिल प्रेसिडेन्ट अवार्ड’ ग्रहण गर्न मन्त्री अधिकारी आइतबार राति त्यसतर्फ जानुभएको पर्यटन मन्त्रालयले जनाएको छ ।

उडान सुरक्षा सुपरीवेक्षणका क्षेत्रमा नेपालले हासिल गरेको उल्लेखनीय प्रगतिलाई कदर गर्दै आइकाओले सम्मान दिन लागेको हो ।

नेपालले उडान सुरक्षाका क्षेत्रमा गरेको कामको आइकाओबाट हुने कदर नेपालको उड्डयन क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाइ छ । मन्त्री अधिकारी आगामी असार ६ गते स्वदेश फर्कने उहाँको निजी सचिवालयले जनाएको छ । पर्यटनमन्त्री अधिकारीसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम पनि  जानुभएको छ ।

उडान सुरक्षाका क्षेत्रमा आइकाओबाट औँल्याइएको गम्भीर कमजोरीलाई निराकरण गर्न नेपालले गरेको अथक प्रयासका कारण सन् २०१७ जुलाई ४ मा सम्पन्न उडान सुरक्षा सम्परीक्षणपछि नेपाल गम्भीर सुरक्षा चासोयुक्त मुलुकको सूचीबाट हटेको थियो ।

प्रकाशित मिति: २०७५,जेष्ठ,२८,सोमवार १३:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनगढी । भुकली सडक छेउमा टाँगेको सानो त्रिपालभित्र जसोतसो बसिरहेकी छिन् । केही दिनदेखि शीतलहर र हुस्सुसँगै चिसो अत्यधिक रुपमा

काठमाडौं । अहिलेको युग प्रविधिको हो । सामाजिक सञ्जाल बिना मानिसहरुले आफ्नो दैनिकी कल्पनासम्म गर्न सक्दैनन् । फेसबुक म्यासेन्जर एउटा

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

ताजा समाचार

हतियारसहित एक युवक पक्राउ
 २०७८,माघ,२,आईतवार २०:०९
कोरोना संक्रमणमुक्त भए प्रचण्ड
 २०७८,माघ,२,आईतवार १९:४६