१ भाद्र २०७९, बुधबार

राजपा सरकारमा जाने  विषयमा छलफल

२०७५,जेष्ठ,२८,सोमवार १२:४०

0
Shares

काठमाडौँ  राष्ट्रिय जनता पार्टीका महासचिव केशव झाले राजपा सरकारमा जाने विषयमा राजपा र सरकारबीच संवाद जारी रहेको बताउनुभएको छ ।

यहाँ आज आयोजित साक्षात्कारमा उहाँले संविधान संशोधनमा सरकारले सकारात्मक सन्देश दिए पनि राजपाका सभासद् रेशम चौधरीलाई शपथ गराउने र कारागारबाट छुटाउने विषयमा कुनै प्रगति नभएकाले सरकारमा जाने निर्णय हुन बाँकी रहेको बताउनुभयो ।

नेता झाले नेपालको संविधान जारी भएको तीन वर्षमा संघीयतालाई कार्यान्वयन गर्न धेरै संघीय कानून बनाउन बाँकी रहेको बताउँदै आगामी असोज ३ भित्र कानून जसरी पनि बनाउनुपर्छ भन्नुभयो ।

अर्को प्रसङ्गमा उहाँले प्रदेश नं २ मा राजपा र सङ्घीय समाजवादी  फोरम नेपालको सरकार रहिरहने तथा त्यहाँको सरकारलाई राजपाको पूर्ण समर्थन रहने बताउनुभयो ।

 

प्रकाशित मिति: २०७५,जेष्ठ,२८,सोमवार १२:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । ‘जस्ले जे भनोस् तर म काठमाण्डौँ नगएको भए फोहोर उठ्ने थिएन रैछ ! कम्से कम काम त शुरु

लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले चोरी मुद्दाका फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले चोरी मुद्दामा  फरार रहेका

सुर्खेत । जिल्लाको कालिमाटी गाउपालिका वडा नम्बर- ७ घुईयाबारी बाट पाटे बाघ नियन्त्रण मा लिइएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आईरहेको बिशेष चेकिङ अभियान अन्तर्गत आज ५१ जना विद्यार्थीहरु कारवाहीमा परेका छन्

ताजा समाचार

बालेन र साम्पाङकाे फेुसबुके रमिता !
 २०७९,भाद्र,१,बुधबार २२:००
वडा कार्यालयको पनि शाखा !
 २०७९,भाद्र,१,बुधबार २१:४५