काँग्रेसको संसदीय समिति गठन, उमेदवारको टुंगो लाग्ने

काठमाडौं, २५ असोज ।नेपाली कांग्रेसले १७ सदसीय संसदीय समिति गठन गरेको छ । समितिले पार्टीको तर्फबाट आगामि निर्वाचनका लागि प्रदेश सभा रप्रतिनीधि सभाका उम्मेदवार टुंगो लगाउने छ ।संसदिय समितिमा नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री प्रकाशमान सिंह, रामशरण महत, महेश आचार्य सदस्यमा परेका छन । कोषाध्यक्ष सितादेवी यादव समितिको पदेन सदस्य रहने छन । पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पनि संसदीय समितिको सदस्य रहने भएका छन । पार्टी सभापति र महामन्त्री समितिको पदेन सभापति र महामन्त्री हुने विधानको धारा ३१ (२) को व्यवस्था अनुसार देउवा र शशांक कोइराला समितिमा स्वत परेका छन्। ।त्यसैगरी समितिमा पूर्व महामन्त्री विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, ज्ञानेन्द्र बहादुर कार्की, बालकृष्ण खाँण, प्रकाशशरण महत, खुमबहादुर खड्का, पूर्णबहादुर खड्का, अर्जुननरसिंह केसी, चित्रलेखा यादव सदस्य रहेका छन्। ।आगामी मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न हुने प्रदेशको केन्द्रको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको टुंगो कांग्रेसले असोज २७ भित्र लगाइसक्ने निर्णय गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?