वृद्धभत्ता काटिदिने निर्णय प्रति गोर्खा भूतपूर्व सैनिकको आपत्ति

काठमाडौं । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले २८ दिनभन्दा बढी नेपाल बसे वृद्धभत्ता काटिदिने बेलायत सरकारको निर्णय गरेको छ । यस निर्णय प्रति गोर्खा भूतपूर्व सैनिकले आपत्ति जनाएको छ । 

गेसोका संस्थापक सभापति पदमबहादुर गुरुङले २८ दिनभन्दा बढी नेपाल बसे गेसोमा आबद्ध वृद्धहरुको भत्ता काट्ने बेलायत सरकारको निर्णयप्रति आपत्ति जनाएका हुन् । 

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संस्थापक अध्यक्ष गुरुङले बेलायतको समृद्धिमा वीर गोर्खालीहरुले दिएको योगदानलाई कमजोर नठान्न र बेलायत सरकारले अपमान गर्न खोजे आफूहरुलाई सैह्य नहुने चेतावनी पनि दिए ।

बेलायत सरकारले गेसोमा आवद्ध वृद्धहरु नेपालमा २८ दिनभन्दा बढि बसे भत्ता काटिदिने निर्णय गरेकोमा आपत्ति जनाउँदै संस्थापक सभापति गुरुङले गेसोमा आबद्ध वृद्धहरुलाई शरणार्थीको व्यवहार नगर्न पनि बेलायत सरकारको ध्यानाकर्षण गराए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?