विश्वकप उद्घाटनमा तीन स्टारहरुले बेजोड प्रस्तुती दिने

काठमाडौं ।  विश्वकप फुटबल अन्तर्गत आयोजक राष्ट्र रसिया र साउदी अरेबियाबीच हुने उद्घाटन खेल हुनुभन्दा अघि तीन अन्तराष्ट्रिय स्टारहरुले बेजोड प्रस्तुती दिने भएका छन् ।

ग्लोबल म्युजिक आइकन रोब्बी विलियम्सले लुज्निकी रंगशालामा दिने प्रस्तुतीलाई संसारभर प्रत्यक्ष प्रसारण हेर्ने लाखौं दर्शकलाई मनोरञ्जन दिनेछन् । प्रख्यात रसियन सोपरानो एडा गारिफुलिनाले संगीत माहोललाई थप रोमान्चक बनाउन उनलाई साथ दिनेछिन् ।

 फुटबलबाट प्रतिष्ठा कमाउने चाहना बोकेका कयौं खेलाडीहरुका आइकन तथा दुईपटक विश्वकप ब्राजिललाई दिलाएका रोनाल्डोले पनि खेलअघि आफ्नो प्रतिभा देखाउने छन् । म्युजिक करिअरमा धेरै काम गरे पनि फिफा विश्वकपमा लाखौं फुटबल दर्शकका अगाडि गाउनु युवाअवस्थाको सपना रहेको विलियम्सले बताएका छन् ।

उनले फुटबल र संगीतका प्रशंसकहरुलाई रसियामा हुने अविस्मरणीय प्रदर्शनको लागि टिभी ट्युन गर्न आग्रहसमेत गरेका छन् ।

त्यस्तै, एडा गारिफुलिनाले विश्वकप उत्सवमा आफू पनि सहभागी हुने कहिल्यै कल्पना नगरेको बताइन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?