डडेल्धुरा । नेकपा एमाले डँडेलधुराको अध्यक्षमा प्रकाश साउद सर्वसहमत चयन भएका छन् ।
आठौँ जिल्ला अधिवेशनबाट वर्तमान अध्यक्षसमेत रहेका साउद सर्वसहमत अध्यक्षमा चयन भएका हुन् ।
अध्यक्ष पदमा अमरगढी नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझाले पनि उम्मेदवारी दिएका थिए । तर, अन्तिममा उनले साउदलाई नै सर्मथन गरेका थिए ।
यस्तै, उपाध्यक्षमा धनबहादुर धामी (विवेक), सचिवमा गजेन्द्र शाही, उपसचिवमा मीन बोगटी र अन्जु गैरे चयन भएका छन् ।
अन्य पदमा पनि सहमति प्रयास भइरहेको एमाले डडेल्धुराले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया