सनराइज बैंकको ८६ औँ शाखा चन्द्रनिगाहपुरमा

काठमाडौं । सनराइज बैंकले आफ्नो ८६ औँ शाखा रौतहटको चन्द्रनिगाहपुरमा स्थापना गरेको छ । शाखा कार्यालयको २८ नेपाल राष्ट्र बैंक विरगञ्जका निर्देशक रबिन्द्र महर्जन, बैंकका संचालकहरु ई.बच्छराज तातेड र ज्योति कुमार बेगानीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

चन्द्रनिगाहपुरका ग्राहकहरुलाई विस्तारित, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले बैंकले शाखा कार्यालय बिस्तार गरेको बताएको छ ।

बैंकले बचत खाताका ग्राहकहरुको लागि “स्वास्थ्य बीमा सुविधा” दिन सुरु गरेको छ । बैंकले बीमा अन्तर्गत ७० भन्दा बढी सरकारी वा तोकिएको निजी अस्पतालहरुमा भर्ना भई उपचार गर्दा लागेको खर्च, बचत खातामा कायम रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशत तथा एक लाख रुपैयाँ सम्मको खर्च अस्पतालहरुमा स्वास्थ परिक्षण गराउँदा ५ देखि २० प्रतिशत सम्म छुट दिने जनाएको हो ।

बैंकले ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा पनि उपलब्ध गराउने बताएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?