अर्काे सूचना जारी नभएसम्म संयुक्त संसद् बैठक स्थगित

काठमाडौँ । संघीय संसद्को दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठक विशेष कारण जनाउँदै स्थगित भएको छ । 

आज अपराह्न १ बजेका लागि बोलाइएको संयुक्त बैठक प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षको निर्देशनअनुसार अर्काे सूचना नभएसम्म स्थगित भएको संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?