तङ्ग्रिन खोज्दै सेयर बजार, कारोबार रकम पनि ७ अर्ब नाघ्यो

लोकपथ
429
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । गत साता १६७.९७ अंक बढेर २६९२.४७ बिन्दुमा बजार बन्द भएको थियो।

यस साताको पहिलो दिन पनि सेयर बजारमा सकारात्मक माहोल देखिएको हो । आज परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । सेयर बजारमा सकारात्मक माहोल देखिएसँगै अब सेयर बजार तंग्रिन खोजेको विश्लेषकहरुको विश्लेषण छ ।

आज सेयर कारोबार मापक नेप्से परिसूचक ७३.०१ अंकले बढेर २७६५.४७ बिन्दुमा उक्लिएको छ । आज नेप्से २.७१ प्रतिशतले बढेको हो ।

यता, ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक १३.२१ बढेर ५१९.३७ बिन्दुमा पुगेको छ ।

कुल २३९ कम्पनीको एक करोड ५० लाख ५८ हजार ६२१ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब १० करोड १८ लाख ३१ हजार ५९१ रुपैयाँको कारोबार भएको हो ।

आज १३ वटै उपसमूहको सेयर मूल्यमा हरियाली छाएको छ । आज व्यापार समूहको सेयर मूल्य ६.०८ प्रतिशतले बढेको हो ।

आज नेपाल हाइड्रो डेभलपर्स र हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज अपि पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीले २९ करोडभन्दा बढी रुपैयाँको कारोबार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?