मञ्जुश्री फाइनान्सद्वारा असार २० गते वार्षिक साधारणसभाको आह्वान

काठमाडौं । मञ्जुश्री फाइनान्स कम्पनीले असार २० गते वार्षिक साधारण साभको आह्वान गरेको छ । 

फाइनान्स कम्पनीले थापागाउँ ब्यांकेट नयाँवानेश्वरमा असार २० गते बिहान १० बजे दशौँ वार्षिक साधारण सभा आह्वान गरेको हो । 

वार्षिक साधारणसभा गर्ने प्रयोजनको लागि असार ४ गतेदेखि सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । यसअनुसार असार ३ गतेसम्म कायम सेयरधनीले बोनस प्राप्त गर्नेछन् ।

फाइनान्स कम्पनीले साधारण सभामा ५.७१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जस अनुसार कम्पनीले ४ करोड ३४ लाख ६२ हजार ७ सय १० रुपैयाँको बोनस र २२ लाख ८७ हजार ५ सय ११ रुपैयाँको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

हाल फाइनान्स कम्पनीको ७६ करोड ५ लाख ९७ हजार रहेको छ । बोनस पश्चात फाइनान्सको चुक्ता पूँजी ८० करोड पुग्नेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?