एमाले अधिवेशन : ओखलढुंगामा पहिलोपटक निर्वाचनमार्फत नेतृत्व छानिँदै

लोकपथ
130
Shares

ओखलढुंगा । एमाले जिल्ला कमिटीको नेतृत्व चयन चुनावी प्रक्रियाबाट हुने भएको छ । नेताहरूले सहमतिको प्रयास जारी रहेको बताए पनि फरक फरक समूहका नेताहरुले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका छन् । आज मनोनय तथा निर्वाचनको कार्यतालिका छन् ।

सुरुमा तीनजनाले अध्यक्ष पद दाबफ गरे पनि उम्मेदवारी दर्ता गर्ने समयसम्म दुईजनाले गरेका छन् । नेता सीताराम गुरुङ र वर्तमान सचिव शंकर कट्वालले उम्मेदवारी दर्ता गरेका हुन् । पार्टीको विधानमा प्यानल बनाउन नपाइने भएकाले व्यक्तिगत भनिए पनि सबै पद समूहगत नै उम्मेदवारी परेको छ । मनोनयको क्रम जारी रहेकाले अन्तिम नामावली आउन समय लाग्ने बताइएको छ ।

उपाध्यक्षमा संविधानसभाका सदस्य तथा अध्यक्षका दावेदार हर्कबोल राईले मनोनय गर्न राजी भएपछि गुरुङ र कट्वालले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका हुन् । अर्का उपाध्यक्षमा कट्वालको पक्षबाट रञ्जित धमला छन् ।

गुरुङको पक्षमा नेताहरू यज्ञराज सुनुवार, किशोर अधिकारी, वर्तमान अध्यक्ष मोहन श्रेष्ठ छन् । कट्वालको पक्षमा अम्बीर गुरुङ, नानीबाबु बुढाथोकी र बालकृष्ण ढुंगेल छन् ।

सचिवमा यसअघि प्रचार विभाग प्रमुख रहिरहेका अधिवक्ता तीर्थराज सुवेदी र कमल न्यौपाने भिड्दै छन् । उपसचिवमा वर्तमान उपसचिव मणिराज राई, केशव ढुंगेल, अशोक थापा, सञ्जु श्रेष्ठ र भक्तबहादुर कार्कीले उम्मेदवारी दर्ता गरेका छन् । यीमध्ये सुवेदीलाई अधिकारी र सुनुवारको समर्थन र न्यौपानेलाई अम्बीर र बालकृष्णको समर्थन रहेको नेताहरू बताउँछन् ।

उपसचिवमा केशव ढुंगेल र अशोक थापा छन् । ढुंगेल बालकृष्ण र थापा अम्बीरको कोटाका उम्मेदवार हुन् । अन्य उम्मेदवारमध्ये राई संसाद सुनुवार निकट हुन् भने अरु प्रष्ट खुलेका छैनन् । सदस्य पदहरूमा पनि धेरै आकांक्षी देखिएका छन् । धेरै आरक्षण कोटामा सहमति हुने भए पनि अन्य पदहरूमा भने निर्वाचन नै हुने देखिएको छ ।

एमाले अधिवेशनमा माओवादीबाट आएका नेताहरूको प्रदेश सांसद अम्बीर गुरुङसँग गठबन्धन गर्न पुगेपछि ओलि समूह छिन्नभिन्न भएको छ । १० बुँदे सहमति गरेर एमाले एकताको पक्षमा लागेका नेताहरू र ओली समूहका पुराना नेता जति जिल्लामा एकठाउँमा उभिएका छन् । कार्यकर्ताहरूले यही समूहलाई राजनीतिक मान्न सकिने प्रतिक्रिया दिएका छन् ।

अध्यक्षका दावेदार दुवै संसद् विघटनको पक्षमा ओली समूहमा लागेका नेताहरू हुन् । दुई नेताहरू दाबेदार भएपछि १० बुँदे पक्षधरले गुरुङलाई साथ दिँदा उनी मजबुत बनेको नेता कार्यकर्ता बताउँछन् । १‍० बुँदै पक्षधर नेताहरुलाई अध्यक्ष र सचिव दिइएको छैन । अध्यक्षका दाबेदार हर्कबोल राईलाई उपाध्यक्ष दिइएको छ । उनी १० बुँदे पक्षधर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?