प्रहरीले गुण्डा नाइके अशोक लामामाथि गोली चलाए

काठमाडौं । ललितपुरको यूएन पार्कमा गुण्डा नाइके अशोक लामामाथि गोली प्रहार गरेको छ । 

सोमबार दिउँसो करिब १ः३० बजे महानगरीय अपराध महाशाखाबाट निरन्तर सर्च अप्रेशनमा खटिएको प्रहरीको टोलीमाथि आक्रमण प्रयास गरेपछि लामामाथि गोली प्रहार गरिएको अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरज प्रताप सिंहले बताए । 

प्रहरीको गोली लागेर घाइते भएका गुण्डा नाइके लामाको साथबाट एक थान पेस्तोल र दुई राउण्ड गोली प्रहरीले बरामद गरेको छ ।

एसएसपी सिंहका अनुसार उनको दायाँ खुट्टाको माथिल्लो भागमा एक राउण्ड गोली लागेको छ ।

उनलाई प्रहरीले उपचारका लागि वीर अस्पताल पुर्याएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?