१२ माघ २०७८, बुधबार

सुन तस्करीमा संलग्न गोरेसहित ३ जना सम्पत्ति सुद्धिकरण विभागमा

२०७५,जेष्ठ,२८,सोमवार ०७:५७

0
Shares

काठमाडौं । सुन तस्करीमा संलग्न चुडामणि उप्रेति ‘गोरे’, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का नेता भुजुङ गुरुङ र उनको सालो छिरिङ वाङगेललाई काठमाडौं ल्याइएको छ । मोरङ कारगार र सुनसरीको झुम्का कारगारमा रहेका उनीहरुलाई सोमबार बिहान सम्पत्ति सुद्धिकरण विभागले आवश्यक अनुसन्धानका लागि झिकाएको हो । 

सम्पत्ति सुद्धिकरण विभागमा गोरे, भुजुङ र वाङगेलले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्तिबारे अनुसन्धान सुरु गरेको हो । तीनै जना अभियुक्तहरुलाई सोमबारै ललितपुरको पुल्चोकस्थित विभागमा उपस्थित गराइएको छ । पछिल्लो समय ३३ किलो सुन तस्करीमा पनि संलग्न भएको पुष्टि भएपछि उनीहरु पक्राउ परेका हुन् । 

२०६९ सालदेखि सुन तस्करी गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता भुजुङ उनको साला नाता पर्ने डेविटर डाक्टर भन्ने छिरिङ वाङदेल र गोरेले एउटै चेन बनाएर सुन तस्करी गरेको निष्कर्ष निकाल्दै उनीहरुविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । एउटै चेनमा सुन तस्करी गरेपनि पछिल्लो समय ३३ किलो सुन भुजुङको डिजाईनमा छिरिङ र उनका चालक फाल्दुङ गुरुङले अनामनगर आसपासबाट लुटेको छानवीन समितिको अनुसन्धानबाट खुल्न आएको छ ।

३३ किलो सुन हराएपछि सोधपुछ गर्ने क्रममा गोरेले आफ्नै साथी सनम शाक्यको हत्या गरेपछि सुन प्रकरण बाहिरिएको हो । सम्पत्ति अनुसन्धान विभागले अनुसन्धानका लागि झिकाएका गोरेसहित ३ जना अभियुक्तलाई विभागमा उपस्थित गराएपछि केन्द्रिय कारगार चलान गरिएको छ ।

प्रकाशित मिति: २०७५,जेष्ठ,२८,सोमवार ०७:५७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा पनि कोभिड देखिएको छ । कोभिड संक्रमित ती दुबै जनवाबरहरुमा पनि मानिसमा जस्तै

धनगढी । भुकली सडक छेउमा टाँगेको सानो त्रिपालभित्र जसोतसो बसिरहेकी छिन् । केही दिनदेखि शीतलहर र हुस्सुसँगै चिसो अत्यधिक रुपमा

काठमाडौं । अहिलेको युग प्रविधिको हो । सामाजिक सञ्जाल बिना मानिसहरुले आफ्नो दैनिकी कल्पनासम्म गर्न सक्दैनन् । फेसबुक म्यासेन्जर एउटा

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

ताजा समाचार

देवदहमा भेटिएका शवको अझै पहिचान भएन
 २०७८,माघ,१२,बुधबार २०:५९
‘भिजिट भिसा’ दिन मापदण्ड बनाइने
 २०७८,माघ,१२,बुधबार २०:५४