अन्तिम मैत्रीपूर्ण खेलमा ब्राजिल विजयी

काठमाडौं । अष्ट्रियाविरुद्धको अन्तिम मैत्रीपूर्ण खेलमा ब्राजिल विजयी भएको छ । 

आइतबारराती भएको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा पूर्व च्याम्पियन ब्राजिलले अष्ट्रियालाई ३—० गोल अन्तरले हराएको हो ।

ब्राजिलका लागी खेलको ३६ औ मिनेटमा ग्याब्रियल जेससले पहिलो गोल गदै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको पहिलो हाफसम्म १—० गोल अन्तरले अगाडी रहेको ब्राजिलले खेलको दोस्रो हाफमा अर्को गोल गर्यो । ६३ औं मिनेटमा नेयमारले गोल गदै टिमलाई दोब्बर अग्रता दिलाए । नेयमारले अघिल्लो खेलमा क्रोएसियाविरुद्ध पनि गोल गरेका थिए ।

त्यस्तै खेलको ६९ औं मिनेटमा कौटिन्होले गोल गर्दै ब्राजिलको जित सुनिश्चित परेका हुन् ।

विश्वकपको दाबेदार मानिएको ब्राजिल समूह ‘ई’ मा छ । ब्राजिलले आफ्नो समुहमा रहेको सर्बिया, स्विट्जरल्यान्ड र दक्षिण कोरियासँग विश्वकपमा प्रतिस्पर्धा गर्नेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?