३० श्रावण २०७९, सोमवार

काँग्रेसको संसदीय समिति गठन, उमेदवारको टुंगो लाग्ने

२०७४,आश्विन,२५,बुधबार ११:१२

0
Shares

काठमाडौं, २५ असोज ।नेपाली कांग्रेसले १७ सदसीय संसदीय समिति गठन गरेको छ । समितिले पार्टीको तर्फबाट आगामि निर्वाचनका लागि प्रदेश सभा रप्रतिनीधि सभाका उम्मेदवार टुंगो लगाउने छ ।संसदिय समितिमा नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री प्रकाशमान सिंह, रामशरण महत, महेश आचार्य सदस्यमा परेका छन । कोषाध्यक्ष सितादेवी यादव समितिको पदेन सदस्य रहने छन । पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पनि संसदीय समितिको सदस्य रहने भएका छन । पार्टी सभापति र महामन्त्री समितिको पदेन सभापति र महामन्त्री हुने विधानको धारा ३१ (२) को व्यवस्था अनुसार देउवा र शशांक कोइराला समितिमा स्वत परेका छन्। ।त्यसैगरी समितिमा पूर्व महामन्त्री विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, ज्ञानेन्द्र बहादुर कार्की, बालकृष्ण खाँण, प्रकाशशरण महत, खुमबहादुर खड्का, पूर्णबहादुर खड्का, अर्जुननरसिंह केसी, चित्रलेखा यादव सदस्य रहेका छन्। ।आगामी मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न हुने प्रदेशको केन्द्रको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको टुंगो कांग्रेसले असोज २७ भित्र लगाइसक्ने निर्णय गरेको छ । 

प्रकाशित मिति: २०७४,आश्विन,२५,बुधबार ११:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । मुख्य मुद्दा २०७५ सालमै सम्बोधन भएर पनि नागरिकतासम्बन्धी विधेयकलाई अड्काउने विषय हो, वैवाहिक अंगीकृत । राज्यव्यवस्था तथा सुशासन

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टी अध्यक्ष हृदयेश त्रिपाठीबीच भेटवार्ता भएको छ । बालकोटस्थित ओली

काठमाडौं । संघीय सदन अन्तर्गतका प्रतिनिधि र राष्ट्रिय सभा पारित भइ प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेतृत्वको वर्तमान सरकार आगामी मंसिर ८ गतेसम्म मात्रै रहने बताएका छन् । सोमबार नेपाल

ताजा समाचार

नागरिकता विधेयकमा कांग्रेसको ‘यु टर्न’
 २०७९,श्रावण,३०,सोमवार १६:३१
केपी ओली र हृदयेश त्रिपाठीबीच भेटवार्ता
 २०७९,श्रावण,३०,सोमवार १५:५०
नर्भिकको सहयोगपछि बालकले पाए नयाँ जीवन
 २०७९,श्रावण,३०,सोमवार १५:३४