पाकिस्तानका पूर्व राष्ट्रपति मुसर्रफ संसदको चुनाव लड्ने

एजेन्सी : पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफले जुलाई २५मा हुने आम चुनावमा संसदको चुनाव लडने घोषणा गरेका छन् ।

फौजदारी अभियोगको गिरफ्तारीबाट जोगिन स्वनिर्वासनमा दुबईमा रहेका मुसर्रफलाई सर्वोच्चले पाकिस्तान आउन सहुलियत दिएपछि उनले यस्तो घोषणा गरेका हुन् ।

मुसर्रफको राजनीतिक दलले चितरालबाट चुनाव लडने जनाएको छ ।

मुसर्रफले सन् १९९९मा सत्ता कब्जा गरी तत्कालीन प्रधानमन्त्री नवाज सरिफलाई अदस्त गरेका थिए ।

सन् २००८मा पूर्व प्रधानमन्त्री बेनजीर भुट्टो सत्तामा आएपछि मुसर्रफलाई राजीनामा दिन बाध्य पारिएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?