माओवादी नेता शक्ति बस्नेत दम्पतीलाई पनि कोरोना संक्रमण पुष्टि

लोकपथ
105
Shares

काठमाडौं । माओवादी केन्द्रका नेता शक्ति बस्नेत दम्पतीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बस्नेत पत्नि तथा नेतृ सत्या पहाडीले आफूहरु कोरोना संक्रमित भएको जानकारी दिएकी हुन् ।

‘तेस्रो पटक कोभिडको आक्रमण, हामी दुवैजना होम आइसोलेसनमा !’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ।

माओवादीको आठौं राष्ट्रिय महाधिवेशनपछि माओवादी नेताहरुमा धमाधम कोरोना संक्रमण पुष्टि भइरहेको छ । अध्यक्ष प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ, मातृका यादव, हरिबोल गजुरेललगायतमा पनि संक्रमण पुष्टि भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?