गोकुल बाँस्कोटाको जिल्लामा एमाले अध्यक्ष सर्वसम्मत

लोकपथ
49
Shares

नेकपा (एमाले)को काभ्रेको १०औँ जिल्ला अधिवेशनले अध्यक्ष र एक उपसचिव पदमा सर्वसम्मत चयन गरेको छ । अध्यक्षमा अशोक ब्याञ्जू र उपसचिवमा रीता ढकाल चयन भएका हुन् ।

सांसद गोकुल बाँस्कोटाको गृहजिल्ला काभ्रेमा शनिबार अबेरसम्म भएको छलफलबाट उनीहरु चयन भएका हुन्। ब्याञ्जू हाल नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं धुलिखेल नगरका प्रमुख छन् । ढकाल तत्कालीन समयमा नेकपा (माओवादी केन्द्र)बाट मण्डनदेउपुर नगरप्रमुखको उम्मेदवार थिइन् ।

अन्य पदाधिकारी र सदस्यको आज धुलिखेलमा निर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?