१५ मङ्सिर २०७८, बुधबार

स्वरोजगार तालीम–प्रमाणपत्र वितरण

२०७४,आश्विन,२५,बुधबार १०:५९

9
Shares

इटहरी, २५ असोज (रासस¬) ः ग्रामीण क्षेत्रका युवालाई स्वरोजगारमुलक सीप प्रदान गरेर गाउँघरमै बसी आत्मनिर्भर गराउने अभिप्रायले इटहरीमा सञ्चालित सामुदायिक विकास कार्यक्रम अन्तर्गत एकमहिने डकर्मीसम्बन्धी तालीम आज सम्पन्न भएको छ ।विश्व खाद्य कार्यक्रम र नेपाल सरकारको सहयोगमा ग्रामीण पुनः निर्माण संस्थाले आयोजना गरेको सो तालिममा जिल्लाका देवानगञ्ज, कोशी, भोक्राहा, हरिनगरा गाउँपालिका तथा बराहक्ष नगरपालिकालगायतका स्थानका २२ युवा सहभागी थिए ।प्रतिव्यक्ति झण्डै २२ हजारको लगानीमा घर निर्माणसम्बन्धी ज्ञान, सीप र भूकम्प प्रतिरोधी भवनसंहिता सम्बन्धी प्रशिक्षणका साथै प्रशिक्षार्थीलाई औजारसमेत उपलब्ध गराइएको थियो ।ग्रामीण पुनः निर्माण संस्थाक जिल्ला कार्यक्रम संयोजक सरस्वती कोइरालाले तालीमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा सदुपयोग गर्न आग्रह गर्दै कार्य क्षेत्रमा सक्रिय भए वा नभएको अनुगमनसमेत गरिने भएकाले तालीमबाट प्राप्त सीप व्यवहारमा उतार्न आग्रह गर्नुभयो । 

प्रकाशित मिति: २०७४,आश्विन,२५,बुधबार १०:५९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

ताजा समाचार

राष्ट्रपतिबाट एक साथ ६ वटा अध्यादेश जारी
 २०७८,मङ्सिर,१५,बुधबार १९:२५