भारतका ४सय रेलवे स्टेशनमा गुगलको निशुल्क वाईफाई

एजेन्सी : सूचना प्रविधिको कम्पनी गुगलले भारतका ४०० रेलवे स्टेशनमा गुगलको निशुल्क वाईफाई जोन बनाएको छ ।

गुगलले भारतमा यो अभियान सन् २०१६ देखि नै शुरू गरेको थियो ।

असमको डिब्रुगढमा निशुल्क वाईफाई जोन गुगलको ४सयौं जोन बनेको छ ।

यो अभियानो पहिलो वर्षमा गुगलले १०० सर्वाधिक व्यस्त रेलवे स्टेशनमा वाईफाई निशुल्क सेवा उपलब्ध गराएको थियो ।

यसबाट प्रतिदिन १५ हजार मानिसलाई यो सेवा निशुल्क उपलब्ध भएको छ ।

यो सेवा लिँदा पहिला ३० मिनेटसम्म कुनै शुल्क दिनु पर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?