पेट्रोलको भाउ बढ्दा नेपाली रूपैयाँ सस्तियो

काठमाडाैं : अन्तरराष्ट्रिय बजारमा तेलको बढ्दा नेपाली रूपैयाँ अमेरिकी डलरको तुलनामा कमजोर बनेको छ । 

सन् २०१७ मे देखि २०१८ मे भित्र विश्वबजारमा कच्चा तेलको भाउ ५९.३ ले बढ्यो । यही अवधिमा अमेरिकी डलरसँग नेपाली रूपैयाँ ४.३५ प्रतिशतले थप कमजोर बनेको हो । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको माैद्रिक नीतिको १० महिने समीक्षामा उल्लेख भएअनुसार २०७४ बैशाखको अन्त्यसम्ममा विश्वबजारमा प्रतिव्यारेल तेलको मूल्य ४९.०८ अमेरिकी डलर थियो । तर २०७५ बैशाखमा प्रतिव्यारेल तेलको मूल्य ७८.१७ अमेरिकी डलर पुगेको छ । 

चालु अार्थिक बर्षको १० महिनामा अमेरिकी डलरसँग नेपाली रूपैयाँ ४.३ प्रतिशतले कमजोर भएको छ । अघिल्लो बर्षको समान अवधिमा जम्मा ४ प्रतिशतले मात्र नेपाली रूपैयाँ अवमूल्यन भएको थियो । २०७४ असारमा एक अमेरिकी डलरको नेपाली विनिमय दर १०२ रूपैयाँ ८६ पैसा रहेकोमा २०७५ बैशाखमा यस्तो विनिमय दर १०७ रूपैयाँ ४३ पैसा कायम भएको छ । 

विदेशी मुद्रा साट्दा धेरै नेपाली रूपैयाँ खर्चनुपर्ने अवस्था नै मुद्रा अवमूल्यनको अवस्था हो । विशेषगरि, अल्पविकसित र अार्थिक समस्यामा फसेका देशहरूको मुद्रा विकसित देशको तुलनामा निकै कमजोर हुने गर्छ । तर, निर्यात व्यापार रणानीतिका हिसाबले कतिपय देशले भने जानाजान अाफ्नो मुद्रालार्इ कमजोर बनार्इ सस्तो मूल्यमा अाफ्ना सामान अन्य देशको बजारमा बिक्री गर्न लैजान्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?