भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जी आउने चुनावमा भाजपाबाट प्रधानमन्त्री बन्ने

एजेन्सी : शिवसेनाका नेता सञ्जय राउतले सन् २०१९मा सत्तारूढ भारतीय जनता पार्टीले पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने भएको बताएका छन् ।

सन् २०१९मा भारतीय जनता पार्टीलाई बहुमत ल्याउन मुखर्जीको आवश्यकता पर्ने उनले जनाए ।

भाजपाको माउ संगठन राष्ट्रिय स्वयं सेवक संघको सम्मेलनमा मुखर्जीले सम्बोधन गरेयता उनी भाजपामा गएर राजनीति गर्ने प्रचार भारतमा हुँदै आएको छ ।

यसबीच सञ्ज्य राउतले यसो भनेपछि यसको खण्डनमा मुखर्जीकी छोरी शर्मिष्ठा अगाडि आएकी छिन् । शर्मिष्ठाले आफ्नो पिता फेरि राजनीतिम नफर्किने दाबी गरेकी छिन् ।

शिवसेनाको मुखपत्र सामनाको शनिबार अंकमा यस्तो उल्लेख गरिएको छ ।  सामनाले लेखेको छ “मुखर्जीलाई सर्वमान्य नेताको रूपमा अगाडि सार्न सकिन्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?