विश्वका सबैभन्दा शक्तिशाली सुपरकम्प्युटरले प्रतिसेकेन्ड कति गणना गर्छ ?

एजेन्सी: विश्वकै सर्वाधिक शक्तिशाली सुपरकम्प्युटरको नाम समिट राखिएको छ । नेपालीमा यो चुचुरो वा शिखर हुन सक्छ । यो सुपरकम्प्युटर अमेरिकाले बनाइरहेको छ ।

अमेरिकाको ऊर्जा विभागको ओक रिज नेशनल ल्याब्रटरीले (ओआरएनएल) समिट विश्वको सबैभन्दा शक्तिशाली सुपरकम्प्युटर भएको जनाएको छ ।

यो कम्प्युटरको काम गर्ने क्षमताको तीव्रता अभूतपूर्व छ ।

यसले प्रतिसेकेन्ड २ लाख ट्रिलियन गणना गर्छ । बिर्सनु भएको छैन भने लाखमा ५वटा शून्य पछाडि हुन्छ । ट्रिलियनमा पछाडि १२वटा शून्य हुन्छ छ ।

यो कम्प्युटरले प्रतिसेकेन्ड २का पछाडि १७ शुन्य राखेर बन्ने संख्या बराबर गणना गर्छ । वा कम्प्युटरको भाषामा यो सुपरकम्प्युटरले २०० पेटाफ्लोप काम गर्छ ।

ओआरएनएलले यसअघि बनाएका शक्तिशाली कम्प्युटर भन्दा ८ गुना बढी काम समिटले गर्नेछ । केही वैज्ञानिक कार्य (अप्लिकेशन)का लागि समिटले प्रतिसेकेन्ड ३ ट्रिलियन गणनाा गर्न सक्नेछ । यसलाई ३.३एक्सोप्स भनिन्छ ।

यो कम्प्युटरले ऊर्जा, विशिष्ट क्षेत्र र कृत्रिम बौद्धिकता र वैज्ञानिक खोजहरूको क्षेत्रमा अभूतपूर्व सहयोग गर्ने विश्वास गरिएको छ । सम्भव मानिएका व्यवहारिक एवं अनुसन्धानात्मक काम गर्न यो कम्प्युटरले  सघाउने छ ।

यसको प्रयोग कृत्रिम बौद्धिकता, मौसम पूर्वानुमान, उच्च भौतिकशास्त्र, मानव विज्ञान, खगोल भौतिकी, क्यानसरअुसन्धान र जीव विज्ञानको प्रणालीजस्ता क्षेत्रमा हुन्छ ।

ओआरएनएलका निर्देशक जेफ निकोलाजले भने “समिटले अर्को तहको गुणना कार्यलाई तीव्रता दिन्छ । कम्प्युटिंग पावर, मेमोरी, इनर्मसम हाइ पर्फर्मेन्स फाइल सिस्टम र फास्ट डेटाजस्ता कार्यविधिसँगै जोडिएर यो कम्प्युटरको निर्माण भएको छ ।

यसको अर्थ अनुसन्धानहरू तीव्रगतिमा ठीक परिणाम दिने खालका हुन्छ । कृत्रिम बौद्धिकतामा आधारित हार्डवेयरले अनुसन्धानहरूलाई अझ बढी विश्वसनीय बनाउन सघाउ पु¥याउँछ । आइबीएम हार्डवेयर सिस्टम यो कम्प्युटर पूरा गर्न प्रयोग गरिएको छ ।

समिट अर्को पुस्ताको सुपरकम्प्युटर हो ।

ओआरएनएलको ७५ वर्ष पुरानो इतिहास छ । यसले समस्याको समाधान गर्न प्राविधिक कार्यहरू गरिआएको छ ।

सन् १९८८मा यसले पहिलो गिगाफ्लोप क्यालकुलेसनको सफलता पाएको थिया । सन् १९९८मा यसले पहिलो पटक टेराफ्लोपको क्यालकुलेसन पायो ।

पहिाले पेटाफ्लोप क्यालकुलेसन सन् २००८मा प्राप्त गरेको थियो । अब २०१८मा यसले पहिलो एक्सोप्स प्राप्त गरेको छ ।यो सुपरकम्प्युटर बनाएर ओआरएनएलले अझ आउँदो ७५ वर्षसम्म यस क्षेत्रमा अगुवाइ गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?