एमाले अधिवेशनः यी जिल्लामा सर्वसम्मत नेतृत्व चयन

लोकपथ
203
Shares

नेकपा एमालेको अधिवेशन अन्तरगत विभिन्न जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएका छन् । शनिबार साँझसम्म एक दर्जन बढी जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार झापामा दीपक कार्की, पाल्पामा धनेन्द्रराज घिमिरे,
दाङमा हुकुमबहादुर बस्नेत, डोल्पामा शेरबहादुर बुढा, सल्यानमा गोविन्द पुन, बर्दियामा लालबहादुर श्रेष्ठ, बॉकेमा किस्मतकुमार कक्षपति, धादिङमा भूमि त्रिपाठी सर्वसम्मत अध्यक्ष बनेका छन् ।
यस्तै अर्घाखाचीमा पीताम्बर भुसाल, मोरङमा ऋषिकेश पोखरेल, काभ्रेमा अशोक ब्याञ्जु, मजदुर विशेषमा जितेन्द्र श्रेष्ठ, भक्तपुरमा बचन देउजा, पेशागतमा उमेश ढकाल र गुल्मीमा बालसिंह काउछा सर्वसम्मत अध्यक्ष चयन भएका छन् ।
अन्य जिल्लामा कतै सहमतिको प्रयास भइरहेको छ भने कतै निर्वाचन प्रक्रिया सुरु भएको एमालेले जनाएको छ ।
शुक्रबार एमाले अध्यक्ष केपी ओलीले ६३ जिल्लाको अधिवेशन भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?