एमाले अर्घाखाँचीको अध्यक्षमा भुसाल निर्वाचित

लोकपथ
406
Shares

अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीको सन्धिखर्कमा जारी अधिवेशनले पदाधिकारीहरू सहित जिल्ला कमिटीको टुंगो सर्वसम्मत रूपमा लगाएको छ ।

नेतृत्वसहित जिल्ला कमिटीले चयनको लागि भएको लामो रस्साकस्सीपछि पीताम्बर भुसालको नेतृत्वमा ९० सदस्यीय नयाँ कार्यसमितिको टुंगो लागेको हो ।

जसको उपाध्यक्षमा ईश्वरा पोख्रेल, सचिवमा विधान रायमाझी, उपसचिवमा शम्भु पोख्रेल र भीम केसी लगायत निर्विरोध चयन भएका छन् । यद्यपि यो समाचार तयार पार्दासम्म निर्वाचन समितिले औपचारिक घोषणा भने गरिसकेको छैन ।

अधिवेशनको शुक्रबार एमाले केन्द्रीय सचिव टोप बहादुर रायमाझीले उद्घाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?