राफेल नाडाललार्इ ११ अाैं पटक फ्रेञ्च टेनिसको उपाधि

काठमाडाैं : स्पेनिस राफेल नाडालले यो सिजनको फ्रेन्च ओपन टेनिसको उपाधी जितेका छन् । 

पेरिसमा आइतबारराती भएको फाइनल खेलमा अष्ट्रियाका डोमिनिक थिमलाई ३–० को सोझो सेटमा हराउँदै नाडालले खेल जीवनको  १७ औं ग्राण्डस्लाम उपाधि जित्न सफल भएका हुन् । विश्व नम्बर एक नाडालको यो ११ औं फ्रेन्च ओपनको उपाधि हो ।

खेलको पहिलो सेट ६—४ ले जितेका नाडाललाई थिमले निकै कडा टक्कर  दिएका थिए । त्यस्तै, नाडालले खेलको दोस्रो सेट ६—३ र अन्तिम सेट ६—२ ले आफ्नो पक्षमा पारे । सन् २००५ देखि ग्राण्डस्लाम जित्न सुरु गरेका नाडल सबैभन्दा धेरै ग्राण्डस्लाम जित्ने खेलाडीको सूचिमा दोस्रो स्थानमा छन् ।

शीर्ष स्थानमा रहेका स्वीजरल्याण्डका रोजर फेडेररको नाममा २० वटा ग्राण्डस्लाम उपाधि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?