राष्ट्रिय सभा गोला ४ असारमा

काठमाडौं–राष्ट्रिय सभा सदस्यहरूको कार्यकाल निर्धारण गर्न आगामी ४ असारमा गोलाप्रथा हुने भएको छ । ५९ सदस्यीय राष्ट्रिय सभाका सदस्यको कार्यकाल २, ४ र ६ वर्ष निर्धारण हुनेछ । गोलाप्रथाबाट पहिलो १९ जनाको कार्यकाल २, २० जनाको ४ र बाँकी २० जनाको ६ वर्षका लागि तय हुनेछ । यसरी रिक्त हुने स्थानमा निर्वाचनबाट सदस्यहरू चयन हुनेछन् ।

क्लस्टरमा आधारित भएर गोलाप्रथा हुने भएको छ । प्रत्येक प्रदेशबाट निर्वाचित महिला समूहका तीन जना सदस्यमध्ये एक जनाको २, एक जनाको ४ र एक जनाको ६ वर्ष कार्यकाल हुनेछ । यस्तै, सबै प्रदेशबाट निर्वाचित दलित समूहका सात जना सदस्यमध्ये दुई जनाको २, दुई जनाको ४, दुई जनाको ६ र बाँकी एक जनाको शून्य वर्ष कार्यकाल हुने व्यवस्था छ, आजको राजधानी दैनिकमा खबर छापिएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?