विवेकशील पार्टीको अन्तर्राष्ट्रिय समिति भंग भएको घोषणा

लोकपथ
208
Shares

काठमाडौं । विवेकशील साझा पार्टीको अन्तर्राष्ट्रिय समिति भंग भएको घोषणा भएको छ । पार्टीको मिलन पाण्डे समूहका समितिका संयोजक सुरेश भट्टले अन्तर्राष्ट्रिय समिति भंग गर्दै अध्यक्ष रवीन्द्र मिश्रसँग पनि सम्बन्धविच्छेदको घोषणा गरेका हुन् ।

‘विवेकशील साझाको अन्तर्रास्ट्रिय समितिले रविन्द्र मिश्र नेतृत्वको राप्रपा छिर्न उद्दत समूहसँग सम्बन्ध बिच्छेद गरेको घोषणा गर्दछौँ। तथापी, वैकल्पिक राजनीतिको महाअभियानलाई नयाँ सिराबाट संगठित र पुनर्गठन गर्न फरक परिस्थितिको विकास भएकाले पार्टीका समस्त राष्ट्रिय सद्भाव समूहरुसँगै अन्तर्राष्ट्रिय समिति समेत भंग भएको घोषणा गर्दछु’, भट्टको विज्ञप्तिमा भनिएको छ ।

उनले पार्टीको विचार त्यागेर बाटो परिवर्तन गरि नागरिक अभिमतबाट अपदस्थ राजतन्त्रको पक्षमा विवेकशील साझाको नाम, चिन्ह र पहिचान प्रयोग नगर्न समेत मिश्रलाई सचेत गराएका छन् ।

पार्टीलाई अस्वाभाविक हिसावले व्यवस्था बिरोधि, संविधान विरोधी, परिवर्तनविरोधी र प्रवासी नेपाली विरोधी, परिवर्तन विरोधी पार्टीको रुपमा चित्रित गर्ने काम रवीन्द्र मिश्रबाट भएको आरोप लगाउँदै समितिले विरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?