एक अर्बका हुन्डी कारोबारी दुई करोड धरौटीमा रिहा

काठमाडौं–एक अर्बभन्दा धेरै हुन्डीको कारोबार गर्ने सातजनालाई राजस्व अनुसन्धान विभागले २ करोड ४ लाख १० हजार रुपैयाँ धरौटी र बिगोमा छाडिदिएको छ । नेपाल ओभरसिज मार्केटिङका राहुलराय अग्रवाल, एलाइट बिजनेस प्रालिका राजकुमार श्रेष्ठ, सङतानी ट्रेडर्सका शिवकुमार स्याङतानी, पूर्णलक्ष्मी इन्टरप्राइजेजका अरुण सावरिया, रवीन्द्र चोखानीलाई धरौटी र विनिका सेल एन्ड साइन मार्केटिङका राजकुमार सिघान्ची र जगदीश राना सरियालाई साधारण तारेखमा छाडिएको हो, नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?