९ माघ २०७८, आईतवार

सुन तस्करी र हत्या मुद्दा : सम्पत्ति शुद्धीकरणमा जाँचबुझ गरिँदै

२०७५,जेष्ठ,२८,सोमवार ००:४७

0
Shares

विराटनगर–  साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका मुख्य तीन प्रतिवादीलाई जिल्ला अदालत मोरङले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाउन आइतबार आदेश दिएको छ ।

न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले मुख्य प्रतिवादीहरू चूडामणि उप्रेती (गोरे), भुजुङ गुरुङ र डाक्टर डेबिट भनिने छिरिङ वाङगेल घलेलाई ललितपुरस्थित विभाग पठाउन आदेश दिएका हुन् । गोरे र घले हाल मोरङ जिल्ला कारागारमा छन् । गुरुङ सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारमा पुर्पक्ष थुनामा छन् । घले र गुरुङ नातेदार हुन् ।
मोरङ अदालतले आइतबार मुख्य तीन अभियुक्त चूडामणि उप्रेती गोरे, भुजुङ गुरुङ र छिरिङ वाङ्गेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पठाउन आदेश दिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान एवं कारबाही गर्न माग गर्दै अभियोगपत्र दायर गरेको थियो । विभागले त्यसैका आधारमा थप अनुसन्धान र कारबाही अघि बढाउन उनीहरूलाई झिकाउने पत्राचार गरेको थियो । विभागको पत्रमा ‘प्रारम्भिक जाँचबुझका क्रममा उल्लेखित प्रतिवादीहरूसँग कसुरको गम्भीरतासमेतका आधारमा तत्काल केही कुरा बुझी जाँचबुझ कार्य अगाडि बढाउनुपर्ने देखिएकाले निजहरूलाई सम्पत्ति शुद्धीकरणको कसुरको जाँचबुझका सिलसिलामा बुझ्नुपर्ने कुरा बुझी फिर्ता पठाउने’ उल्लेख छ, कान्तिपुर दैनिकमा खबर छापिएको छ ।  ।

 

प्रकाशित मिति: २०७५,जेष्ठ,२८,सोमवार ००:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा पनि कोभिड देखिएको छ । कोभिड संक्रमित ती दुबै जनवाबरहरुमा पनि मानिसमा जस्तै

धनगढी । भुकली सडक छेउमा टाँगेको सानो त्रिपालभित्र जसोतसो बसिरहेकी छिन् । केही दिनदेखि शीतलहर र हुस्सुसँगै चिसो अत्यधिक रुपमा

काठमाडौं । अहिलेको युग प्रविधिको हो । सामाजिक सञ्जाल बिना मानिसहरुले आफ्नो दैनिकी कल्पनासम्म गर्न सक्दैनन् । फेसबुक म्यासेन्जर एउटा

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

ताजा समाचार

भारतबाट हुने आवतजावतमा रोक लगाइयो
 २०७८,माघ,९,आईतवार २०:२४