७ माघ २०७८, शुक्रवार

तालिवान पनि इदमा युद्धविराम गर्न सहमत

२०७५,जेष्ठ,२७,आईतवार १२:५२

0
Shares

काबुल- तालिवान लडाकूहरुले तीन दिनका लागि शनिबार युद्धविरामको घोषणा गरेका छन् ।

इद उद फित्रको अवसरमा सरकारी सुरक्षा फौजसँग कुनै हिंसात्मक गतिविधि नगर्ने गरी युद्धरत तालिवानले विराम घोषणा गरेको अधिकारीहरुले बताएका छन् ।

तीन दिने इद विदाका बेला अफगानिस्तानका सरकारी फौजलाई केही नगरेपनि विदेशी पदाधिकारी विरुद्धको कारबाही भने जारी रहने तालिबानले स्पष्ट पारेको छ । तालिवान समूहले आफुहरु विरुद्ध कुनै कारबाही भएमा भने कडा रुपमा प्रतिकार गर्ने एक विज्ञप्ति प्रकाशन गरेर जनाएका छन् ।

सरकारी पक्षले एक हप्ता लामो युद्धविराम घोषणा गरेपछि तालिबान समूहले दुई दिने युद्धविराम घोषणा गरेको विज्ञप्ति शनिबार बिहानै यहाँका सञ्चारमाध्यमहरुलाई पठाएका थिए ।

“इद उल फित्रका अवसरमा तीन दिन सरकारी सुरक्षाकर्मी विरुद्धका सबै कारबाहीहरु रोक्न निर्देशन दिइएको छ,” तालिवानद्धारा प्रेषित सन्देशमा भनिएको छ । सन्देशमा आफूलाई आक्रमण गर्नेका विरुद्धमा कडा प्रतिवाद गरिने र विदेशीहरु विरुद्धको कारबाही पनि जारी रहने उल्लेख गरिएको छ ।

सन् २००१ देखि अहिलेसम्मको युद्धका क्रममा तालिवान लडाकूहरुको तर्फबाट अफगानिस्तानमा इदको अवसरमा युद्धविराम भएको यो पहिलो पटक हो ।

यसपटक अफगानिस्तानका राष्ट्रपति असरफ घानीले गत मङ्गलबार तालिवान विरुद्ध एक हप्ते युद्धविराम घोषणा गर्नु भएको थियो ।

उहाँको सो घोषणाले पनि तालिवानहरुलाई आफ्नो तर्फबाट युद्धविराम गर्न दबाब सिर्जना गरेको अधिकारीहरुले जनाएका छन् । 

 

प्रकाशित मिति: २०७५,जेष्ठ,२७,आईतवार १२:५२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गैरआवासीय नेपाली संघ (एनआरएनएं) कोे ८१ औं बैठक आगामी साता बस्ने भएको छ । संघका महासचिव डा हेमराज शर्माका अनुसार

बेलायतमा कार्यरत नेपाली सेफ सन्तोष साहले अर्को विश्वविख्यात उपाधि जितेका छन् । बीबीसी वानमा सोमबार साँझ प्रसारित फाइनलमा सेफ साहले

गैरआवासीय नेपाली संघको आइतवार र सोमवार हुने भनिएको निर्वाचन स्थगित भएको छ । संघको प्रतिनिधि विवाद मिलाउने जिम्मा लिएका अध्यक्ष

डिसेम्बर अन्तिम साता हुने गैरआवासीय नेपाली संघको निर्वाचनमा प्रयोग हुने ‘सेल्फी भोटिङ प्रणाली’ को सफल परिक्षण गरिएको छ । गैरआवासीय

ताजा समाचार