नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा वर्तमान अवस्थामा सुशासनयुक्त विकास र सामाजिक न्यायको आवश्यकता भएको बताएका छन् । उनले नेकपा (एमाले) काभ्रेलाञ्चोकको १०औँ जिल्ला अधिवेशनलाई आज धुलिखेलमा सम्बोधन गर्दै सरकारले राज्यका प्रमुख तीन अङ्गलाई कमजोर पारिरहेको बताए ।
“देशमा सुशासनयुक्त विकास र सामाजिक न्यायको आवश्यकता भइसक्यो, सरकारले कमजोर पारेको महत्वपूर्ण तीन प्रमुख अङ्गलाई पुनः जनादेशमार्फत एमालेले फर्काउनुपर्छ”, उनले भने ।
अध्यक्ष ओलीले राप्रकाका जिल्ला अध्यक्ष टुल्कु लामा र पदाधिकारीलगायत जिल्ला नेतृत्व तथा अन्य पार्टी परित्याग गर्नेलाई एमालेमा प्रवेश गराएका थिए । एमाले पोलिटब्यूरो सदस्य गोकुलप्रसाद बाँस्कोटाले जिल्ला अधिवेशनमा नयाँ नेतृत्व मात्रै नभई आगामी पाँच वर्षका लागि थप विकासको खाका कोर्ने बताए ।
एमाले केन्द्रीय सदस्यद्वय रेशम लामा र नविना लामा, बागमती प्रदेशका नेता रामहरि सुवेदी, भीम न्यौपाने, चूडामणि गौतम र चन्द्र लामा तथा जिल्ला अध्यक्ष अशोक ब्याञ्जू, जिल्ला नेता रिता ढकाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया