कर्मचारी युनियनको अध्यक्षमा तिवारी

लोकपथ
0
Shares

नेपाल निजामती कर्मचारी युनियन, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आज सम्पन्न आठौँ विभागीय अधिवेशनले यमप्रसाद तिवारीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

तिवारी दोस्रो कार्यकालका लागि सर्वसम्मत रूपमा पुनः निर्वाचित भएका हुन् । समितिको उपाध्यक्ष (खुला) विष्णुप्रसाद बराल, उपाध्यक्ष (महिला) उमा श्रेष्ठ, उपाध्यक्ष (समावेशी) डम्बरकुमार श्रेष्ठ, सचिव मधुसुदन भट्टराई, सहसचिव हिमालप्रसाद आचार्य, कोषाध्यक्ष पुस्कर मानन्धर चयन भएका छन्।

यसैगरी समितिको खुला र समावेशी सदस्यमा कृष्णप्रसाद गौतम, शिवराम खड्का, यशोदा अर्याल, मनोज राउत, अमिर महर्जन, रेनुका सुवेदी, श्रीहरी पुडासैनी, राजनलाल श्रेष्ठ, झलकबहादुर कार्की रहेका छन्। केन्द्रीय महाधिवेशन प्रतिनिधिमा कृष्णप्रसाद पौडेल र प्रदीपराज भण्डारी निर्वाचित भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?