१३ जेष्ठ २०७९, शुक्रवार

बैंककै कर्मचारीको मिलेमतोमा १६ लाख चोरी, चार पक्राउ

२०७८,पुष,२३,शुक्रवार २०:४७

81
Shares

कर्मचारीकै मिलेमतोमा एनआइसी एसिया बैंकको लाखौँ रुपैयाँ चोरी भएको पाइएको छ । महानगरीय प्रहरी परिसरका अनुसार उक्त बैंकको नगद सङ्कलक काठमाडौँको काँडाघारी बस्ने प्रदीप खत्रीसहितका चार व्यक्तिलाई पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो ।

उनले काठमाडौँ महानगरपाकिला–१० को कार्यालयबाट रु १२ लाख ४५ हजार र मेट लाइफ इन्योरेन्स शान्तिनगरबाट तीन लाख पचासी हजार गरी रु १६ लाख ३० हजार बैंक दाखिला गर्न जाने क्रममा लुटपाट भएको भनी प्रहरीमा सूचना प्राप्त भएको थियो । सो घटना पुस १८ गतेको हो ।

सोही आधारमा प्रहरी वृत्त बानेश्वर र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीबाट अनुसन्धान गर्दा खत्रीमाथि शङ्का लागेपछि पक्राउ परेका थिए । उनीमाथिको अनुसन्धानमा मिलेमतोमा उक्त नगद चोरी गरी भागबण्डा गरेको फेला परेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

प्रहरीले चोरीमा सङ्लग्न खत्रीसहित ललितपुर धापाखेल बस्ने वर्ष २४ को विमल तामाङ, रामेछाप घर भइ ललितपुर बस्ने राज पौडेल र अनिश खड्कालाई पक्राउ गरेको आज एक सूचना जारी गरी जनाएको छ । उनीहरूले सबै पैसा भागबण्डा लगाएर बाँडेको फेला परेको जानकराी दिँदै प्रहरीले अहिलेसम्म १३ लाख ४६ हजार फेला परेको र दुई लाख ८२ हजार भने खर्च गरेको खुलेको छ ।

प्रकाशित मिति: २०७८,पुष,२३,शुक्रवार २०:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

ललितपुर । ललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर तथा उपमेयरले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । बुधबार दिउँसो मुख्य निर्वाचन अधिकृतमार्फत

काठमाडौं । काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन भएको छ । त्रिपुरेश्वरस्थित आँखा अस्पताल अगाडि नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल

काठमाडौं । भारतीय प्रधानमन्त्री मोदीले बुद्ध जन्मजयन्तीको अवसर पारेर सोमबार बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गरेका छन् । आज बिहान १०ः४०

‘कुनैबेला हाम्रो पार्टीमा पनि सुकिलामुकिला हाबी हुनेछन्, त्योबेला सच्चा कार्यकर्ताले उनीहरुविरुद्ध संघर्ष गर्नुपर्नेछ ।’ : वीपी कोइराला अहिले यस्तै भएको

ताजा समाचार

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न माग
 २०७९,जेष्ठ,१३,शुक्रवार ०८:०२
चितुवाको आक्रमणबाट बालकको मृत्यु
 २०७९,जेष्ठ,१३,शुक्रवार ०७:००
थाहा पाउनुहोस् तपाईंको आजको राशिफल
 २०७९,जेष्ठ,१३,शुक्रवार ०६:४७
आज यी क्षेत्रमा वर्षाको सम्भावना
 २०७९,जेष्ठ,१३,शुक्रवार ०६:४५