सात हजार कोटाका लागि ७५ हजारले दिए कोरियन भाषाको परीक्षा

काठमाडौं । यस वर्षको कोरिया जानका लागि दिइने ईपीएस परीक्षामा झण्डै ७५ हजारले सहभागिता जनाएका छन् ।

ईपीएस कोरिया शाखाले दिएको जानकारी अनुसार ७४ हजार ८ सय ६६ जनाले परीक्षा दिएका छन् । सन् २०१९ का लागि आवेदन भर्नेको सङ्ख्या भने ८२ हजार २ सय ६४ थियो ।

यस वर्षको परीक्षा शान्तिपूर्ण रुपमा सकिएको छ । कोरिया शाखाले जनाएअनुुसार अरुलाई परीक्षा दिन लगाउने र नक्कली परीक्षा दिने गरी २ सय ४७ जनालाई प्रक्राउ गरिएको बताइएको छ ।

कोरिया शाखाले खुलाएको ७ हजार १ सय कोटाका लागि ७५ हजारले परीक्षा दिएका छन् । आउँदो असार १६ गते परीक्षाको नतिजा प्रकाशित गरिने छ ।

यस वर्ष काठमाडौं र पोखराबाट परीक्षा सञ्चालन गरिएको थियो ।

नेपालीका लागि ईपीएस पास गर्नु ठूलो सपनाजस्तै बनेको छ । कोरिया जानका लागि नेपाली युवाले वर्षौंदेखि मेहनत गर्दै आएका छन् ।

नेपालले कोरिया सरकारको सहकार्यमा कोरियामा कामदार पठाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?